Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 18

न्यायकर्ताहरू 18:7-19

Help us?
Click on verse(s) to share them!
7त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्‍थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
8उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
9उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
10जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्‍वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
11दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्‍जित भएर सोरा र एश्तोलबाट निस्के ।
12तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्‍चिममा पर्छ ।
13तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
14लेशको देशमा जानकारी प्राप्‍त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
15यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
16अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्‍जित भएर ढोकामा उभिए ।
17ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्‍जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
18जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
19तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्‍नो हात आफ्‍नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”

Read न्यायकर्ताहरू 18न्यायकर्ताहरू 18
Compare न्यायकर्ताहरू 18:7-19न्यायकर्ताहरू 18:7-19