Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 23

गन्ती 23:10-23

Help us?
Click on verse(s) to share them!
10याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस् !”
11बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको ? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।”
12बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र ?”
13बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।”
14त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
15त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।”
16त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।”
17बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्‍नुभयो ?”
18बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।
19परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र ?
20हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।
21उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।
22परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो ।
23याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ !'

Read गन्ती 23गन्ती 23
Compare गन्ती 23:10-23गन्ती 23:10-23