Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 22

गन्ती 22:25-35

Help us?
Click on verse(s) to share them!
25गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे ।
26त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन ।
27गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे ।
28त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको ?”
29बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।”
30गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र ? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र ?” बालामले जवाफ दिए, “थिएन ।”
31तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए ।
32परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस् ? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् ।
33गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।”
34बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।”
35तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए ।

Read गन्ती 22गन्ती 22
Compare गन्ती 22:25-35गन्ती 22:25-35