Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 18

गन्ती 18:5-21

Help us?
Click on verse(s) to share them!
5पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।
6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।
7तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”
8परप्रभुले हारूनलाई भन्‍नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु ।
9मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।
10यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।
11इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् ।
12मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्‍नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।
13तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने छ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् ।
14इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् ।
15मानिसहरूले परमप्रभुलाई अर्पण गर्ने मानिस र पशु दुवैका गर्भ खोल्ने पहिलो जन्मेकाहरू सबै तेरै हुने छन् । तथापि, मानिसहरूले जेठा छोरालाई किनेर फिर्ता लिनुपर्छ र तिनीहरूले अशुद्ध पशुहरूका पहिलो जन्मेकाहरूलाई किनेर फिर्ता गर्नुपर्छ ।
16मानिसहरूले किनेर फिर्ता लिनुपर्नेहरूलाई एक महिनाको भएपछि किनेर फिर्ता गर्नुपर्छ । त्यसपछि मानिसहरूले पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार पाँच शेकेल तिरेर फिर्ता लिन सक्छन् । बिस गेराको एक शेकेल हुन्छ ।
17तर गाईको पहिले जन्‍मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ ।
18तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ ।
19इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो ।”
20परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।
21हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।

Read गन्ती 18गन्ती 18
Compare गन्ती 18:5-21गन्ती 18:5-21