Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 15

गन्ती 15:2-12

Help us?
Click on verse(s) to share them!
2“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि
3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।
4तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पिठोको अन्‍नबलिसाथै होमबलि चढाउनुपर्छ ।
5तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ ।
6यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ ।
7अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ ।
8जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,
9तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।
10तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ ।
11हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ ।
12तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ ।

Read गन्ती 15गन्ती 15
Compare गन्ती 15:2-12गन्ती 15:2-12