Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 15

गन्ती 15:11-30

Help us?
Click on verse(s) to share them!
11हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ ।
12तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ ।
13कसैले परमप्रभुलाई प्रसन्‍न तुल्याउने सुगन्धको निम्ति आगोद्वारा चढाइने बलिदान ल्याउँदा स्वदेशी इस्राएलीहरू सबैले यी कुराहरू यसबमोजिम गर्नुपर्छ ।
14यदि विदेशी तिमीहरूसँग बसोबास गरेको छ भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ, त्यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ । त्यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ ।
15समुदायको निम्ति र तिमीहरूसँग बस्‍ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ, तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनुपर्छ । तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ । परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ ।
16तिमीहरू र तिमीहरू माझ बस्‍ने परदेशीलाई एउटै नियम र आदेश लागु हुनुपर्छ ।”
17फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,
18“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ,
19जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।
20आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।
21तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।
22मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ ।
23मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू ।
24समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ ।
25पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् ।
26अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे ।
27यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ ।
28अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ ।
29अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।
30तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।

Read गन्ती 15गन्ती 15
Compare गन्ती 15:11-30गन्ती 15:11-30