Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 13

गन्ती 13:4-24

Help us?
Click on verse(s) to share them!
4तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;
5शिमियोनका कुलबाट होरीका छोरा शाफात;
6यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब;
7इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
8एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;
9बेन्यामीनको कुलबाट, रफूका छोरा पलती;
10जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
11योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी;
12दानको कुलबाट गमल्लीका छोरा अम्मीएल;
13आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
14नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी
15गादको कुलबाट माकीका छोरा गूएल ।
16मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।
17मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।
18यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।
19त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।
20तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ? भूमि कस्तो छ । अन्‍न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्यस बेला पहिलो दाख पाक्‍ने समय थियो ।
21यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।
22तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।
23जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।
24इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।

Read गन्ती 13गन्ती 13
Compare गन्ती 13:4-24गन्ती 13:4-24