Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 12

गन्ती 12:4-11

Help us?
Click on verse(s) to share them!
4त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
5अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
6परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
7मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ ।
8म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन ?”
9परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
10बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे ।
11हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।

Read गन्ती 12गन्ती 12
Compare गन्ती 12:4-11गन्ती 12:4-11